बढ्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०८० फागुन ९, बुधबार (१ साल अघि)
  • ३६ पटक पढिएको
Post Thumbnail

फागुन ९, काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ४ सय रुपैयाँले बढेर १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलाको १ लाख १७ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस