प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०८१ भाद्र १२, बुधबार (७ महिना अघि)
  • १०५ पटक पढिएको
प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

भाद्र १२,काठमाडौँ । नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले २४ भदौदेखि लागू हुने गरी उनलाई प्रधान सेनापतिमा नियुक्त गरेका राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल २४ भदौमा समाप्त हुँदैछ । कार्यकाल समाप्त हुनु एक महिनाअघि उनी बिदामा बसेकाले हाल सिग्देल कायम मुकायम प्रधान सेनापति छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस