सरकार र सहकारी पीडित

सरकार र सहकारी पीडितबीच पुन: सम्झौता

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०८१ भाद्र २५, मंगलबार (७ महिना अघि)
  • ८५ पटक पढिएको
सरकार र सहकारी पीडितबीच पुन: सम्झौता

भाद्र २५, काठमाडौँ । सरकार र सहकारी पीडितबीच सम्झौता भएको छ । सम्झौतासँगै १०८ दिनदेखि जारी रिले अनशन पनि स्थगित भएको छ ।
सम्झौता आइतवार साँझ सरकार र सहकारी पीडितबीच सहकारी बचत अपचलनका विषयमा छानबिन समिति बनाउन सहमत भएको हो । सहमति भएसँगै सहकारी विभागका उपरजिस्ट्रार संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन भएको हो ।

कार्यदलमा मन्त्रालय, राष्ट्रिय सहकारी महासंघ, सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान, सहकारी विभागबाट शाखा अधिकृत तहको सदस्यसचिव र प्रदेश र स्थानीय तहबाट एकेक प्रतिनिधित्व रहने गरी कार्यदल गठन भएको हो ।

#सरकार र सहकारी पीडित

ताजा अपडेट

खोजी गर्नुहोस