असोज ६,काठमाडौँ । नेपालले आईसीसी विश्वकप लिग-२ मा क्यानडासँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । किङ सिटीमा रहेको मपल लिफ नर्थ वेस्ट क्रिकेट मैदानमा रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् ।
नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो । ओमानसँग १ विकेटले पराजित भएको नेपाल क्यानडा भ्रमणमा पहिलो जितको खोजीमा छ ।
नेपालले पछिल्लो खेल ओमानबाट टोलीमा कुनै परिवर्तन गरेको छैन । उक्त प्लेइङ ११ लाई नै निरन्तरता दिएको छ ।
नेपालको प्लेइङ–११ मा को को छ ?
अनिल शाह, आसिफ शेख, भीम सार्की, अर्जुन साउद(विकेटकिपर), रोहित पौडेल (कप्तान), आरिफ शेख, सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।
बेन्च : दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, कुशल भुर्तेल र रिजन ढकाल ।