लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य चीन भ्रमणमा जाने

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०८१ कार्तिक २०, मंगलबार (५ महिना अघि)
  • ४६ पटक पढिएको
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य चीन भ्रमणमा जाने

कात्तिक २०,काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन भ्रमणमा जाने भएका छन् । यही कात्तिक २६ देखि २८ गतेसम्म चीनको सिछुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य चीन भ्रमणमा जान लागेका हुन

प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले उनको चीन भ्रमणको कार्यक्रम स्वीकृत गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए ।

मुख्यमन्त्री आचार्यका साथ आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थलगायत प्रदेश सरकारका उच्च अधिकारी चीन भ्रमणमा सहभागी हुनेछन् । लुम्बिनी प्रदेश सरकार र सिछुआन प्रान्तबीच पारिस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने उद्देश्यले २०७६ सालमा भगिनी सम्बन्ध कायम भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस