बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, शिक्षकका माग प्रमुख विषय

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख ८, सोमबार (४ घण्टा अघि)
  • ८० पटक पढिएको
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, शिक्षकका माग प्रमुख विषय

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । आजको बैठकमा शिक्षकहरुको मागका विषयमा छलफल हुने बताइएको छ ।

शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएको केही समयपछि बैठक सुरु भएको हो ।

शिक्षकहरुले २०औँ दिनदेखि शिक्षा ऐन जारी गर्नुपर्ने तथा अघिल्ला सरकारसँगको सहमति कार्यान्वयन गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका छन् ।

शिक्षकका मागमा सहमति गराउन नसकेका शिक्षामन्त्रीले राजीनामा दिएकाले सरकारमाथि दवाव परेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस