भारतीय प्रधानमन्त्री मोदी स्वदेश फर्किए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ बैशाख २९, शनिबार (६ साल अघि)
  • ४० पटक पढिएको
Post Thumbnail

 

काठमाडौँ — नेपालको दुईदिने राजकीय भ्रमण सकेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएका छन् ।इन्डियन एयरको विशेष विमानमार्फत शनिबार अपराह्न मोदी स्वदेश फर्किएका हुन् ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिदाई अभिवादन गरेका थिए ।

 

प्रधानमन्त्री मोदी एअर इन्डियाको विमानबाट जनकपुर हुँदै शुक्रबार काठमाडौं आएका थिए । नेपाल भ्रमणका क्रममा उनले जानकी मन्दिर, मुक्तिनाथ र पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका थिए । काठमाडौंमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्नुका साथै उनी दुई देशका प्रतिनिधिमण्डलस्तरीय वार्तामा सहभागी भए ।

 

नेपाल भ्रमणका क्रममा जनकपुर र काठमाडौंमा प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गरिएको थियो । भारतीय प्रधानमन्त्रीका रुपमा उनको यो तेस्रो नेपाल भ्रमण हो ।

ताजा अपडेट

खोजी गर्नुहोस