जेठ १,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भइरहेको छ ।
दुई नेताबीच बालुवाटारमा वार्ता जारी छ । यसअघि मंगलबार प्रचण्ड र माधव नेपालबीच छलफल भएको थियो ।
ओली र प्रचण्डको वार्तापछि एमालेको स्थायी कमिटी बैठक बस्नेछ । अपरान्ह बस्ने बैठकमा पार्टी एकतामा भइरहेको प्रगतिबारे अध्यक्ष केपी शर्मा ओलीले जानकारी गराउनेछन् ।
पार्टी एकीकरण प्रक्रियाबारे नकारात्मक प्रचारबाजी भइरहे पनि बाहिर आएजस्तो कुनै खटपट नरहेको एमाले महासचिव ईश्वर पोखरेलले बताए ।
उनले शीर्ष नेताहरुको व्यस्तता र भारतीय प्रधानमन्त्रीको भ्रमणमा केन्द्रित हुनुपरेकाले गृहकार्य हुन बाँकी रहेको बताए ।