सडक र ट्राफिक व्यवस्थापनका विषयमा कडा बन्दै गृहमन्त्री !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ जेष्ठ २, बुधबार (६ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

जेठ १ काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सडक र ट्राफिक व्यवस्थापनका विषयमा यसअघि गरीएका निर्णयहरुलाई कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

आज गृह मन्त्रालयमा आयोजित बैठकमा गृहमन्त्रीले सो निर्देशन दिएका हुन् । बैठकमा गृहसचिव, विभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधि, नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौँ, ललितपुर महानगरपालिका मेयर, काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सहितको सहभागिता रहेको थियो ।

बैठकमा गृहमन्त्री थापाले यसअघि यसै विषयमा केन्द्रीत रहेर भएका निर्णयहरुको कार्यान्वयन फितलो देखिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका थिए । बैठकमा गृहमन्त्रीले अर्को बैठकमा आउँदा यसअघि भएका निर्णयहरु कुन–कुन कार्यान्वयन भए त्यसको विवरणसहित आउन समेत निर्देशन दिए ।

उनले सडक तथा पुल निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका कामहरु पनि कमसल हुनेजस्ता कार्यमा संलग्न ठेकेदारहरुको सूचि बनाउन निर्देशन दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस