नयाँ पार्टी नेकपामा स्थायी समिति सदस्य को–को ? डा. कंडेल हटाइए !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ जेष्ठ ३, बिहिबार (६ साल अघि)
  • ३८ पटक पढिएको
Post Thumbnail

जेठ ३,काठमाडौँ । एमाले र माओवादी केन्द्र मिलेर बन्ने नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीमा रहने सदस्यको नाम टुंगो लागेको छ । माओवादीका एक नेताले दिएको जानकारी अनुसार ४३ सदस्यीय स्थायी कमिटीमा एमालेका तर्फबाट २५ जना र माओवादी केन्द्रका १८ जना नेता रहने छन् ।

स्थायी कमिटीमा जम्मा तीनजना महिला परेका छन् । स्थायी कमिटीमा रहनेहरुमा एमालेको तर्फबाट केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेब गौतम, सुवासचन्द्र नेम्बाङ, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, इश्वर पोखरेल, बिष्णु पौडेल, घनश्याम भुसाल, प्रदिप ज्ञवाली, भीम आचार्य, पृथ्वी सुब्बागुरुङ, गोकर्ण बिष्ट, योगेश भट्टराई, शङ्कर पोखरेल,मुकुन्द न्यैपाने, सुरेन्द्र पाण्डे, छबीलाल बिश्वकर्मा, सत्यनारायण मण्डल, किरण गुरुङ, अमृत बोहरा, केशव बडाल, सोमनाथ अधिकारी प्यासी रहेका छन ।

यसैगरी माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड,नारायणकाजी श्रेष्ठ ,रामबहादुर थापा, टोपबहादुर रायमाझी ,अमिक शेरचन, जनार्दन शर्मा, पश्चिम वर्षमान पुन, देवप्रसाद गुरुङ, पम्फा भुसाल, गिरिराजमणि पोखरेल , मातृकाप्रसाद यादव, अग्नि सापकोटा, ओनसरी घर्ती, लेखराज भट्ट, कैलाली शक्तिबहादुर बस्नेत, हरिबोल गजुरेल, लिलामणी पोखरेल, राम कार्की रहेको बताइएको छ ।

डा. कँडेल हटाइए !

डा.पुष्प कँडेल अहिले नेकपा एमालेको स्थायी समिति भित्रै छन तर उनको नाम अहिलेको एकिकृत पार्टीको स्थायी सदस्यमा नाम छैन । उनी पछिल्लो समय राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा रहेका छन । लामो समय नेपाली राजनितिमा बौद्धिक नेताको रुपमा परिचित उनी पहिलो पटक राजनितिक नियुक्ती खाँदैगर्दा उनलाई एकिकृत पार्टीको स्थायी सदस्य राख्नुपर्ने धारणा पार्टीभित्रका नेताहरुले गरिरहेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस