ओली–प्रचण्डलाई बाबुरामको प्रश्न : कम्युनिष्ट नाममा मोह किन ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ जेष्ठ ३, बिहिबार (६ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

जेठ ३,काठमाडौँ । माओवादीबाट छुट्टिएर नयाँ शक्ति पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विहीबार एकता हुन लागेका नेकपा एमाले र माओवादी केन्द्रलाई तीनवटा प्रश्न अघि सारेका छन् । आफ्नो ट्विटर मार्फत् दुवै पार्टीलाई बधाइ र शुभकामना दिएका छन् । तर उनले अनुत्तरित भन्दै तीनवटा प्रश्न अघि सारेका छन् ।

उनले भनेका छन्, ‘एमाले–माके एकता अन्ततः सम्पन्न हुन लागेकोमा दुवैलाई बधाइ । शुभकामना । तर केही अनुत्तरित प्रश्न के बानरहरु पुच्छर काटेकै भरमा मान्छे भएका हुन् ? गणितमा माइनस एक र माइनस एक जोड्दा माइनस दुई हुन्छ, माइनस एकको मूल्य धेरैकी माइनस दुईको ? सर्वहारा अधिनायकत्व छोडेपछि कम्युनिष्ट नाममा मोह किन ?

ताजा अपडेट

खोजी गर्नुहोस