एकीकृत पार्टीको विधान अनुमोदन ! ओली र प्रचण्ड आ– आफ्नै पार्टीको बैठकमा व्यस्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ जेष्ठ ३, बिहिबार (६ साल अघि)
  • ३९ पटक पढिएको
Post Thumbnail

जेठ ३,काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकबाट एकीकृत पार्टीको विधान अनुमोदन भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विधान अनुमोदन गरेको हो ।

दुई पार्टीबीच बिहीबार नै एकता हुने भएकाले एमाले र माओवादी पार्टी विघटनका लागि दुई पार्टीको छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बसेको छ ।

एमालेको बैठक बालुवाटारमा र माओवादी बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको छ । दुई पार्टीको संयुक्त केन्द्रीय समितिको बैठक बसेर बिहीबार नै नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस