बाम एकता : स्थायी समिति सदस्य थपियो ! एमालेको सिंगै समिति अटायो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ जेष्ठ ३, बिहिबार (६ साल अघि)
  • ४० पटक पढिएको
Post Thumbnail

जेठ ३,काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीच बन्ने नयाँ पार्टीको स्थायी कमिटी सदस्य संख्या थप गरिएको छ । एमाले र माओवादीका १–१ जना सदस्य थप गरेर ४५ सदस्सीय बनाइएको छ ।

जसअनुसार एमालेबाट २६ र माओवादी केन्द्रबाट १९ सदस्य रहनेछन् ।

यसैबीच ९ सदस्सीय सचिवालय गठन गरिएको एकीकृत पार्टीको महासचिव विष्णु पौडेल हुने भएका छन् । यस्तै प्रवक्ता नारायणकाजी श्रेष्ठ हुने एमाले प्रचारविभाग प्रमुख यागेश भट्टराईले जानकारी दिए ।

सचिवालयमा पौडेल र श्रेष्ठसहित प्रचण्ड, केपी ओली, माधव नेपाल, झलनाथ खनाल, रामबहादुर थापा, माधव नेपाल र बामदेव गौतम रहने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस