जेठ ३,काठमाडौँ । एमाले र माओवादीबीच एकता भै बनेको नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निवार्चन आयोगमा नेपाल कम्युनिष्ट पार्टीलाई अण्डरलाइन गरेर दर्ता गरिएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभएको छ । उहाँले दल दर्ताको प्रस्तावमा नै पार्टीको नाममा अण्डरलाइन गरिएकाले कानुनी रुपमा कुनै समस्या नआउने बताउनुभयो । पार्टी दर्ता गर्न निर्वाचन आयोगमा केपी शर्मा ओली तथा प्रचण्डसहितका नेता उपस्थित थिए ।
स्थायी कमिटी सदस्य संख्या थप
नेकपा एमाले र माओवादी केन्द्रबीच बन्ने नयाँ पार्टीको स्थायी कमिटी सदस्य संख्या थप गरिएको छ । एमाले र माओवादीका १–१ जना सदस्य थप गरेर ४५ सदस्सीय बनाइएको छ । जसअनुसार एमालेबाट २६ र माओवादी केन्द्रबाट १९ सदस्य रहनेछन् । यसैबीच ९ सदस्सीय सचिवालय गठन गरिएको एकीकृत पार्टीको महासचिव विष्णु पौडेल हुने भएका छन् । यस्तै प्रवक्ता नारायणकाजी श्रेष्ठ हुने एमाले प्रचारविभाग प्रमुख यागेश भट्टराईले जानकारी दिए ।
सचिवालयमा पौडेल र श्रेष्ठसहित प्रचण्ड, केपी ओली, माधव नेपाल, झलनाथ खनाल, रामबहादुर थापा, माधव नेपाल र बामदेव गौतम रहने छन् ।
बालुवाटारमा सामुहिक सपथ
एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले बालुवाटारमा सामुहिक सपथ लिएका छन् । सबैले एकसाथ सपथ लिएका हुन् ।
त्यसअघि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकाअर्कालाई सपथ गराएका थिए । बैठकले एमाले र माओवादी केन्द्रको नाममा रहेका सबै सम्पत्ति नयाँ पार्टीमा सर्ने निर्णय भएको छ ।