जेठ ३,सुनसरी । नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले काँग्रेस पार्टीमा जिल्लास्तरमा गुट उपगुट नरहे पनि केन्द्रमा गुटउपगुट हावी रहेकाले यसलाई माथिबाटै नै सुधार गर्नुुपर्ने बताएका छन ।
सुनसरी सदरमुकाम इनरुवामा आज काँग्रेसको नियमित बैठकमा उनले आगामी दिनमा काँग्रेसलाई सुधार गर्दै अगाडि बढनुपर्ने बताए ।
जिल्ला सभापति तथा प्रदेश नंं का १ संसदीय दलका नेता राजीव कोइराला, प्रतिनिधिसभा सदस्य सीताराम मेहता, प्रदेशसभा सदस्य ताहिर अन्सारी, अगमलाल चौधरी, नवोदिता चौधरी, ज्योति सुब्बा, इनरुवा नगरपालिकाका उपप्रमुख जमुना गौतम पोखरेललगायतले काँग्रेमा सुधारको खाँचो औँल्याए ।