विराटनगरमा रहेको फिल्ड अफिस बन्द गर्ने भारतको घोषणा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ जेष्ठ ८, मंगलबार (६ साल अघि)
  • ३६ पटक पढिएको
Post Thumbnail

जेठ ८ , काठमाडौं । भारत सरकारले विराटनगरमा रहेको आफ्नो फिल्ड अफिस बन्द गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दूतावासको फिल्ड अफिस बन्द गर्न अनुरोध गरेकाले अफिस बन्द गर्ने निर्णय गरिएको भारतको विदेश मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस बन्द हुने जानकारी गराएको तीन दिनपछि भारतीय विदेश मन्त्रालयले फिल्ड अफिस बन्द भएको घोषणा गरेको हो ।

सन् १९९८ मा कोशी बाढीबाट प्रभावितहरुको सहयोगका लागि अस्थायी फिल्ड अफिस स्थापना गरिएको थियो ।

पछिल्लो समयमा फिल्ड अफिसले तोकिएको काम भन्दा बाहिर गएर सहयोगका नाममा आफ्नो राजनीतिक प्रभाव बढाएको आरोप लाग्दै आएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस