सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने भन्दै सर्वोच्चमा रिट !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ जेष्ठ १२, शनिबार (६ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

जेठ १२ काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा र प्रदेश सभाका सभामुख र उपसभामुख फरक–फरक राजनीतिक दलको हुनुपर्ने माग गर्दै रिट दर्ता भएको छ ।

अधिवक्ता अच्युत खरेलले अहिले प्रतिनिधि सभा र प्रदेश सभामा एउटै पार्टीको सभामुख र उपसभामुख भएकाले त्यो संविधान विपरीत भएकाले पुनः निर्वाचन गरेर फरक–फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने माग राख्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट निवेदन दर्ता गराएको सर्वोच्चका सहप्रवक्ता नगेन्द्रप्रसाद कालाखेतीले जानकारी दिए ।

रिटमा अधिवक्ता खरेलले एमाले र माओवादी केन्द्र बीच एकता पछि बनेको नवगठित दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मात्र अहिले प्रतिनिधि सभा र ६ वटा प्रदेश सभामा सभामुख र उपसभामुख भएको र त्यो संविधान विपरीत भएकाले उत्प्रेरणको आदेशमार्फत अलग–अलग पार्टीको हुनुपर्ने माग गरेका छन ।

खरेलले दायर गरिएको रिटमा प्रतिनिधि सभा र कर्णाली प्रदेशसहित १, ३, ४, ५ र ७ नम्बर प्रदेशमा फरक फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने माग गरिएको छ ।
नेपालको संविधानको धारा, ९१ को उपधारा (२) को (१)मा प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने र सभामुख वा उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस