यसरी गर्यो कांग्रेसले सरकारको सय दिनको समिक्षा ! (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ जेष्ठ १२, शनिबार (६ साल अघि)
  • ४३ पटक पढिएको
Post Thumbnail

जेठ १२,काठमाडौँ । कांग्रेसले सरकारको सय दिनको कामलाई ‘सामान्य गति र र दर्जन विसंगति’ को संज्ञा दिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको सय दिनको मूल्यांकनबारे हिजो भिडियो विज्ञप्ति जारी गर्दै पहिलो दिनबाटै सरकारले विसंगतिको शृंखला सुरु गरेको बताए ।

उहाँले राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र महान्यायाधिवक्ता कार्यालयलाई आफू मातहत ल्याएर प्रधानमन्त्रीले ‘अति शक्ति अभ्यास’ को विसंगित भित्र्याएको बताएका छन ।

कांग्रेस र तत्कालीन माओवादी केन्द्र मिलेर संसद्मा दर्ता गराएको संविधान संशोधनलाई राष्ट्रघात भन्ने प्रधानमन्त्री ओलीले अहिले त्यसैलाई स्वीकार गरेको भन्दै शर्माले प्रधानमन्त्रीको द्वैध मापदण्डको विरोध गरेका छन । तर, उनले संविधान संशोधनबारे सरकारले अलमल गरिरहेको भन्दै खबरदारीसमेत गरेका छन ।

न्यायालयलाई प्रधानन्यायाधीशविहीन बनाइएको, प्रदेश सरकारलाई अधिकार र बजेटबाट सशक्तीकरण गर्नुपर्नेमा उदासीन व्यवहार देखाएको, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको समयमा प्रधानमन्त्री ओलीले आफ्नो उग्रराष्ट्र राष्ट्रवादको विसर्जन गरेको भन्दै शर्माले त्यसलाई विसंगतिका रूपमा लिएका छन ।

भिडियो हेर्न यहाँ क्लिक्क गर्नुहोला

ताजा अपडेट

खोजी गर्नुहोस