बरिष्ठ नेता पौडेलकै अघि देउवाले भने-‘ गेट आउट भन्दैमा आउट हुन्नँ ‘

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ जेष्ठ १३, आईतबार (६ साल अघि)
  • ४५ पटक पढिएको
Post Thumbnail

जेठ १३,काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफुलाई कसैले ‘गेट आउट’ भन्दैमा कांग्रेस नेतृत्व नछाड्ने जिकिर गरेका छन । कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको २७ औं स्थापना दिवसका अवसरमा देउवाले निर्वाचित सभापतिलाई ‘गेट आउट’ भन्न कसैले नपाउने बताए ।

बरिष्ठ नेता रामचन्द्र पौडेल समेत सहभागी कार्यक्रममा देउवाले भने– म निर्वाचित भएर आएको सभापति हुँ । कसैले गेट आउट भन्दैमा गेट आउट हुन्नँ । अब ३ वर्षपछि महाधिवेशन हुन्छ, त्यहिँ प्रतिस्पर्धा गरौंला ।

कार्यक्रममा देउवाले भने–यसपटक एमाले र माओवादी मिलेका कारणमात्र कांग्रेस हारेको हो । उनीहरु नमिल्दा पनि यसअघि दुईपटक कांग्रेसले चुनाव हारेकै हो । मैले किन जिम्मा लिने ?

निर्वाचनमा पराजयपछि कांग्रेसको एक समूहले सभापति देउवाको कार्यक्षमतामा प्रश्न उठाएका छन् भने विशेष महाधिवेशन बोलाउनुपर्ने माग पनि गरेका छन् ।

तर, सभापति देउवाले निर्वाचनमा कांग्रेस पराजयको कारण एमाले–माओवादी एकता नै भएको बताए । अरु कारणले कांग्रेस नहारेको उनको दावी छ । पार्टी नेतृत्वको गलत कार्यशैलीका कारण चुनाव हारेको भन्ने पौडेल पक्षको निष्कर्षलाई उनले जवाफ दिएका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस