ओली–प्रचण्ड र यादवबीच दुईबुँदै लिखित सम्झौता : फोरमले दुई मन्त्रालयमा चित्त बुझाउदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ जेष्ठ १४, सोमबार (६ साल अघि)
  • ४१ पटक पढिएको
Post Thumbnail

जेठ १४,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच दुईबुँदे सहमति भएको छ । सोमबार बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवले दुईबुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

सत्तारुढ नेकपाले सहमतिका आधारमा संविधान संशोधन गर्ने लिखित सहमति गरेको छ । ‘फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश जनताको पक्षमा आपसी सहमतीका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिनेछ,’ सहमतिको पहिलो बुँदामा भनिएको छ । भने दोस्रो बुँदामा संघिय समाजवादी फोरम सहमतीको आधारमा सरकारमा जाने बताइएको छ ।

फोरमले दुई मन्त्रालयमा चित्त बुझाउदै

नेताहरुका अनुसार फोरमले दुई मन्त्रालय पाउनेछ । तर, यसबारे छलफल हुन बाँकी नै रहेको फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । फोरमले यसअघि ३ मन्त्रालयको दावी गर्दै आईरहेको थियो ।

सहरी विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रधानमन्त्रीसँग छ । यो दुबै मन्त्रालय फोरमले लिने सहमति भएको थियो । तर, सहरी विकासबाट खानेपानी फुटाउनुका साथै स्वास्थ्यमा एमालेबाट पद्मा अर्याल राज्यमन्त्री भएपछि फोरम रुष्ट बनेको थियो ।

मन्त्रालयबारे थप छलफल भएपछि आफूहरु सरकारमा जाने फोरम नेता श्रेष्ठले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस