जेठ १७,नेपालगञ्ज । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काँग्रेसको कमजोर हुँदै गएको संगठन बलियो बनाउने दायित्व अब कार्यकर्ताको काँधमा आएको बताएका हुन ।
दशौं गणतन्त्र दिवसका अवसरमा बाँके काँग्रेसले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक परिदृश्य र नेपाली कार्यदिशा’ विषयको एक विचार गोष्ठीमा उनले भने, “पार्टी नेतृत्व गति छाडा भयो भने त्यसलाई तह पनि कार्यकर्ताले लगाउनुपर्छ ।”
“नेपाली काँग्रेस जनप्रिय पार्टी थियो, हो र रहन्छ, तर नेतृत्व पार्टीमुखी नभएका कारण यसको संगठन मात्र कमजोर भएको हो”, उनले भने ।
नेता सिटौलाले नेपालको राजनीति जनमुखी हुन नसकेका कारण नै जनता पार्टीप्रति विरक्तिएका छन्, यो कुरा हामीले समयमा बुभ्mन सकेनौँ भने राजनीतिक दुर्घटनाको खाडल झन् फराकिलो हुँदै जान्छ भने ।