जेठ २२,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आ – आफ्ना गाउँठाउँमा आफूलाई मनपर्ने विरुवा रोप्न आग्रह गरेका छन । विश्व वातावरण दिवसको अवसरमा उनले आज देशभर १ लाख फलफूलका विरुवा रोपिने समेत जानकारी दिए । उनले आज आफुलाई मन पर्ने लीची र एभोकार्डोको विरुवा सिंह दरबार परिसरमा रोप्ने बताएका छन। सुखी नेपाली र सम्बृद्ध नेपालको परिकल्पनामा यो अभियानले पनि सहयोग पुर्याउने उनको भनाई थियो ।
विश्व वातावरण दिवस (जून ५) का अवसरमा हार्दिक शुभकामना! pic.twitter.com/Ta8WAiGDkg
— K P Sharma Oli (@kpsharmaoli) June 5, 2018