जेठ २८,काठमाडौँ । प्रदेश २ को आईतबार बस्ने भनिएको बैठक स्थगित भएको छ ।
प्रदेशसभा परिसरमा रहेको विद्युत् ट्रान्सफर्मर पड्किएपछि आजको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । सांसद प्रदेशसभामा बसिरहँदा परिसरको ट्रान्सफर्मर अचानक पड्किएको थियो । ट्रान्सफरमर नै पड्किएपछि विद्युत् सेवा ठप्प भएको थियो ।
संसद् सचिवालयले विशेष कारण देखाएर सोमबार बिहान ८ बजेसम्मका लागि बैठक स्थगित गराएको नेपाली काँग्रेसका सचेतक उपेन्द्रप्रसाद कुशवाहाले जानकारी दिनुभयो । आजको बैठकमा प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची थियो ।