प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथिको छलफल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ जेष्ठ ३१, बिहिबार (६ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

जेठ ३१,काठमाडौँ । प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफल भैरहेकोछ ।

विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र अर्थमन्त्रालयको बजेटमा सांसदले धारणा राख्दै छन ।

आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक र विकास निर्माणबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसदहरु अतहर कमाल मुसलमान, अमनलाल मोदी, अमरेशकुमार सिंहलगायतले विकास निर्माणका काम, दैनिक उपभोग्य वस्तुको उपलब्धता, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, तराईलगायत क्षेत्रमा वर्षात्को समयमा अपनाउनुपर्ने सतर्कता, सम्भावित जोखिम व्यवस्थापनलगायतका विषयमा धारणा राखे ।

सांसद इन्दुकुमारी शर्माले बलात्कारजन्य अपराधका दोषीलाई कारवाही गरिनुपर्ने बताईन भने अर्की सांसद उमा रेग्मीले संविधानको पालना हुनुपर्नेमा जोड दिईन । त्यस्तै, सांसद खगराज अधिकारीले सडकलगायत क्षेत्रको एकाधिकार ‘सिण्डिकेट’ तोडी जनताको पक्षमा काम गरिनुपर्ने धारणा राखिन ।

ताजा अपडेट

खोजी गर्नुहोस