प्रधानमन्त्री ओली आज चीन जाँदै ,भोलीमात्रै राष्ट्रपति सीसंग भेट्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ अषाढ ५, मंगलबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असार ५,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ दिवसीय औपचारिक राजकिय भ्रमणका क्रममा आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन ।
उनले बुधबार जनवाद गणतन्त्र चीनका राष्ट्रपति स् िजिन पिङसंग उच्चस्तरीय भेटवार्ता गर्नेछन ।

परराष्ट्र मन्त्रालयले सोमबार सार्वजनिक गरेका भ्रमण कार्यक्रअनुसार प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सीबीच करिव ४० मिनेट उच्चस्तरीय भेटवार्ता हुने कार्यक्रम छ ।

चीन सरकारको निमन्त्रणमा औपचारिक राजकीय भ्रमणमा जान लागेका प्रधानमन्त्रीले चीनमा रहँदा चीनियाँ राष्टपति स्,ि प्रधानमन्त्री ली खछ्याङ,उद्यमी,व्यवसायी र लगानीकर्ताहरुसंग भेटवार्ता गर्नेछन ।

भ्रमणबारे संसदलाई जानकारी गराउँदै सोमबार प्रधानमन्त्री ओलीले चीन समस्यारहित छिमेकी भएको बताए । उनले भने, ‘चीन, जसले हाम्रो सार्वभौमसत्ताको खुलेआम सम्मान गरेको छ । आफू धेरै विकसित नभएको अवस्थामा पनि नेपाललाई राम्रो सहयोग गरेको थियो । म त्यो देशको भ्रमणमा जाँदैछु ।’

अघिल्लो पटक प्रधानमन्त्री हुँदा आफूले चीनसँग दूरगामी महत्वका समझदारीहरु गरेको स्मरण गर्दै उनले ती सम्झौताहरु र संयक्त वक्तव्यमा उल्लेख गरेका कुरामा थप छलफल गर्ने बताए । उनले भने, हाम्रो राष्ट्रिय प्राथमितामा रहेको विकासको एजेण्डामा के कस्तो सहयोग गर्न सक्नुहुन्छ र के कस्तो सहकार्य गर्न सक्छौं ।’

अघि भने, ‘महामहिम शीसँग मेरो भेटवार्ता हुनेछ । त्यसबेला मैले नेपालका हित र दृष्टिकोण राख्नेछु । नेपाल र चीन सम्वन्ध कसरी सुदृढ गर्न सकिन्छ भनेर राख्नेछु ।’

चिनियाँ नेताहरुसँगको भेटमा ब्यापार घाटा काम गर्ने तथा ओबर अन्तरगत पूर्वाधार विकास, रेल–सडक निर्माण र जलविद्युत आयोजना कार्यान्वयनमा चिनियाँ सहयोग कसरी जुटाउने छलफल गर्ने प्रधानमन्त्रीले बताए ।

भ्रमणमा रेल्वे, उर्जा सहयोग, पुनर्निर्माणमा द्विपक्षीय सम्झौता तथा समझदारी हुने उनले बताए । ‘मुलुकको बृहत्तर हित, राष्ट्रिय स्वभिमानलाई केन्द्रमा राखेर नेपालको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर द्विपक्षीयबीच सम्झौता र छलफल गरिनेछन्’ प्रधानमन्त्री ओलीले संसदमा भनेका छन् ।

प्रधानमन्त्रीले एक चीन नीतिप्रति नेपाल प्रतिवद्ध रहेको भन्दै नेपाली भूमिमा चीन विरोधी हुन नदिने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस