प्रधानमन्त्री ओली ल्हासा पुगे

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ अषाढ ८, शुक्रबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार ८,काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङबाट आज ल्हासा पुगेका छन ।

चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डललाई तिब्बत सरकारका उपमन्त्री लिउ ज्याङले स्वागत गरे।

प्रधानमन्त्री ओलीले ल्हासामा नेपाली समुदायसँग अन्तक्र्रिया गर्नुका साथै पोताला दरबार र जोखाङ मन्दिर अवलोकन तथा कृषि परियोजना निरीक्षणलगायत कार्यक्रममा सरिक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीनको राजधानी बेइजिङमा बिहीबार द्विपक्षीय हित र चासोका विभिन्न सम्झौतापछि प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल ल्हासा पुगेका हुन।

ताजा अपडेट

खोजी गर्नुहोस