संसदमा प्रधानमन्त्रीको सम्बोधन किन पछि सर्यो ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ अषाढ ११, सोमबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असार ११,काठमाडौँ । आफ्नो चीन भ्रमण र त्यसक्रममा भएका सहमतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई जानकारी दिने आज तय भएको कार्यसूची स्थगित भएको छ।

प्रधानमन्त्री ओलीले आज बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै चीन भ्रमणबारे संसदलाई जानकारी गराउने बताइएको थियो । तर, तयारीको अभावमा आज उनले संसदलाई सम्बोधन नगर्ने भएका हुन् ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे जानकारी गराउने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिएका थिए ।

अर्यालका अनुसार प्रधानमन्त्री ओलीले दिउसो २ बजे संसदलाई सम्बोधन गर्ने समय तय भएको थियो ।

गत असार ५ गते चीनगएर १० गते फर्केका प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा रेल मार्ग, उर्जा, जलस्रोत लगायत एक दर्जन बढी विषयमा सहमति भएको थियो ।

यसअघि गत साता प्रधानमन्त्री ओलीले चीन प्रस्थान गर्नु अघिल्लो दिन भ्रमणका एजेण्डा र उद्देश्यबारे संघीय संसदका दुवै सदनमालाई जानकारी गराएका थिए । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुने भएपनि प्रधानमन्त्री ओलीले भने २ बजेमात्रै सम्बोधन गर्नेछन् ।

सरकार प्रमुख विदेश भ्रमणमा जानुअघि र फर्केपछि संसदलाई जानकारी गराउने परम्परा छ ।

यसैवीच प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई आइतबारै जानकारी गराएका छन् ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा भएका उपलव्धिका बारेमा जानकारी गराएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस