‘संविधान संशोधन गर्ने सहमतिमा सरकारमा गएका हो’ : उपप्रधानमन्त्री यादव

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ अषाढ १२, मंगलबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असार १२,बाँके । उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधनबारे नेपाल कम्युनिष्ट पार्टीसँग भएको सहमतिको कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन।

स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले भने, “नेकपासँग संविधान संशोधनको मुख्य एजेण्डा थियो, त्यो सहमति भयो अनि सरकारमा सहभागी भइयो, ओली र प्रचण्डजीले गरेको सहमतिको कार्यान्वयन अब तत्काल शुरु हुन्छ ।” संविधान एकैचोटी नभई विस्तारै संशोधन हुँदै जाने उनको भनाइ थियो ।

अवधी पत्रकार संघ नेपालद्वारा आज साँझ नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकमा अब विकासको कार्यले गति लिने बताए । उनले आर्थिक क्रान्ति गरी समृद्ध नेपाल बनाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आगामी आवमा एक हजार २०० प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण गरी अत्याधुनिक उपकरणमार्फत सेवा प्रदान गर्ने विश्वास दिलाए ।

उहाँले बाँकेको विकट मानिएको राप्तीपारी क्षेत्रका जनताको स्वास्थ्य अवस्था नाजुक रहेकाले सो क्षेत्रमा दक्ष जनशक्तिको व्यवस्थापन गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरिने बताउनुभयो । भेरी अञ्चल अस्पताललाई स्तरोन्नति गरी यस क्षेत्रकै नमूना अस्पताल बनाइने उहाँको भनाइ थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस