राष्ट्रियसभाको बैठक स्थिगित : चिकित्सा शिक्षा विधेयक प्रस्तुत हुन सकेन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ अषाढ १७, आईतबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असार १७,काठमाडौँ । राष्ट्रियसभाको बैठक विशेष कारणवश आज साँझ ५ बजेसम्मका लागि स्थगन भएको छ । आज अपराह्न १ बजे बैठक बस्ने पूर्व निध्रारित कार्यसूची थियो ।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ प्रस्तुत हुन सकेन । सरकार र प्रमुख प्रतिपक्षी दलबीच विधेयकमा केही प्रावधानमा सहमति हुन नसक्दा आज पूर्व्निर्धा्रित कार्यतालिकामा रहे पनि विधेयक प्रस्तुत हुन नसकेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो ।

विधेयक संसद्मा प्रस्तुत गर्न यसअघि प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २५० उपनियमलाई बैठकले निलम्बन गर्ने कार्यसूची थियो । राष्ट्रिय चिकित्सा शिक्षा प्रतिस्थापन गर्न सरकारले सो विधेयक ल्याएको हो ।

संविधानअनुसार अध्यादेशलाई प्रतिस्थापन गर्न सदन प्रारम्भ भएको ६० दिनभित्र विधेयक पारित गरिसक्नुपर्ने छ । चालू अधिवेशनको प्रारम्भ अर्थात् गत वैशाख २३ गतेदेखि ६० दिन अर्थात् आगामी असार २० भित्र संघीय संसद्बाट सो विधेयक पारित गरी प्रमाणीकरण गरिसक्नुपर्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस