असार १७,काठमाडौँ । डा. गोविन्द केसीले जुम्लाको खलंगास्थित कभर्ड हलमा शनिबारदेखि अनशन थालेका छन् । सरकारले संसदबाट पारित गर्न लागेको चिकित्साशास्त्र सम्बन्धी विधेयकको विरोधमा डा. केसीले अनसन थालेका हुन् ।
तर, केसीको अनसनबाट केपी ओली नेतृत्वको सरकार आफ्नो अडानबाट पछि नहट्ने संकेत गरेको छ । कुनै व्यक्तिले अनसन बसेर माग गर्दैमा सरकार ती माग पूरा नगर्ने सरकारी अधिकारीहरुको अडान छ ।
डा. केसीले अनसन सुरु गरेको भोलिपल्ट सरकारका प्रवक्ता गोकुल बास्कोटाले भन्नुभयो ‘चिकित्सा सम्बन्धी विधेयकमा सरकार ‘ब्याक’ हुँदैन । काठमाडौंमा मेडिकल कलेज खोल्नै नदिने भन्ने कुरा जायज होइन । कसैले केही भनेका आधारमा त्यो पूरा गरेको र्गयै गर्न सकिँदैन ।’