प्रविधि विकासका लागि नीति तथा कानून परिमार्जनः मन्त्री बाँस्कोटा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ अषाढ २०, बुधबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार २०,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि उद्योगको विकास तथा प्रवद्र्धनका लागि सरकारले आवश्यक नीति, कानून परिमार्जन गरी लगानी प्रर्वद्धन र प्रोत्साहन गर्दै जाने बताएका छन ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा मंगलबार आयोजित ‘सूचना तथा सञ्चार प्रविधिमा आधारित व्यवसाय प्रवद्र्धन’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले सूचना प्रविधिको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सूचना तथा प्रविधिको विकासका लागि निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने भएकाले मन्त्रालय निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्न चाहन्छ भने ।

कार्यक्रममा नेपालमा सूचना प्रविधि उद्योगलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए ।

सो अवसरमा सूचना प्रविधिमा जनशक्ति विकास, सूचना प्रविधि उद्योगलाई प्रोत्साहनस्वरुप कर छुटसम्बन्धी व्यवस्था, व्यवसाय दर्ता प्रक्रियामा सरलता, स्थानीय कम्पनीलाई प्रोत्साहन, ठूला सूचना प्रविधि उद्योगमा प्रत्यक्ष वैदेशिक लगानीको व्यवस्था, सस्तो तथा गुणस्तरीय इन्टरनेट सेवाको व्यवस्था, स्वदेशी उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनलगायत विषयमा छलफल भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस