नेवि संघद्धारा सरकारविरुद्ध माइतीघरमा प्रदर्शन : प्रधानमन्त्रीको शीरमा श्रीपेच !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ अषाढ २५, सोमबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असार २५,काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघले सरकारविरुद्ध माइतीघरमा प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको शीरमा श्रीपेच लगाइदिएको फोटो अंकित प्लेकार्ड बोकेका थिए र सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

प्रदर्शनलाई सम्बोधन गर्दै नेविसंघ अध्यक्ष नैनसिंह महरले सरकारले जनविरोधि निर्णय गरेकाले र सर्वसत्तावाद लाद्न खोजेकाले सडक संघर्षमा होमिएको बताए । उनले आन्दोलनलाई चर्काउँदै जाने चेतावनीसमेत दिए ।

साउन १ गतेदेखि काठमाडौंका विभिन्न स्थानमा निषेधित क्षेत्र तोकेको, संस्कृत विश्वविद्यालयका उपकूलपति प्रा. डा. कूलप्रसाद कोइरालालाई क्यानडा जान रोक लगाएको, डा. गोविन्द केसी र गंगामाया अधिकारीका माग सम्बोधनमा चासो नदिएको भन्दै प्रतिपक्षी दल सरकारप्रति आक्रामक देखिएको छ ।
सरकारले साउन १ गतेदेखि माइतीघरसहित काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा प्रदर्शन गर्न स्थान नै तोकिदिएको छ । यसबाट शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मौलिक हक कुण्ठित गर्न खोजेको भन्दै कतिपयले सरकारको आलोचना गर्दै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस