असार २७,काठमाडौँ । नेपाली कॉग्रेसका नेता डा शेखर कोईरालाले देश राणा र पंचायतीयुग भन्दा पनी निरंकुश बाटोमा प्रवेश गर्न लागेको बताएका छन । कोईरालाले बर्तमान सरकार लोकप्रियताबाद मार्फत सर्बसत्ताबादर्फ लम्केकाले प्रजातन्त्रका लागी पुन एकपटक लड्ने दिन आउॅन लागेको बताए ।
कोईरालाले भने ‘हामी रेल र पानीजहाज ल्याएको हेर्न आतुर छौं। तर नेपालीको टाउकोमा ऋण बोकाएर रेल र जहाज ल्याउॅने हो भने त्यो हामी स्विकार्न तयार छैनौँ ।’ बालकृष्ण दाहालद्धारा लिखित ‘प्रजातन्त्र सेनानी उमा शर्माको जीवनी र सिर्जना’ नामक पुस्तक बिमोचन गर्दै डा कोईरालाले गुटबन्दीले कॉग्रेस पार्टी ईतिहॉसकै कमजोर बनेको बताए ।
उनले भने ‘मन्चबाट नेताहरुले हात उठाएर हामी एक छौं भन्दैमा पार्टी एक हुदैन। पार्टी एक तब मात्रै हुन्छ जब नेताहरु बिधान सम्मत हिड्छन्।’
कार्यक्रममा कॉग्रेस महामन्त्री डा शशांक कोईराला,पुरुषोत्तम वस्नेत, डा तुल्सी भट्टराई लगायतले नेपालको प्रजातान्त्रिक आन्दोलनमा उमा शर्माको योगदानका बारेमा चर्चा गरेका थिए ।
प्रजातन्त्र सेनानी उमा शर्माले नोना कोईरालाको निधनपछी बिराटनगरस्थित कोईराला निवासको रेखदेख र हेरचाह गर्दै आएका थिए । शर्माको २०७३ साल असारमा निधन भएको हो।