परिमार्जनसहित चिकित्सा शिक्षा विधेयक आज दोस्रो पटक संसद् लगिँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ अषाढ २८, बिहिबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार २८,काठमाडौँ । सरकारले चिकित्सा शिक्षा विधेयक दोस्रो पटक आज संसद्मा पेस गर्ने भएको छ । शिक्षा मन्त्रालयले गएको शुक्रबार संसद्मा दर्ता गराएको विधेयक आजको बैठकमा पेस गर्न लागिएको हो ।

राष्ट्रपतिबाट वैशाख १३ मा जारी अध्यादेश निष्क्रिय भएपछि सरकारले विधेयक संसद्मा पठाएको हो । यसअघि २०७३ भदौ २९ मा तत्कालीन शिक्षामन्त्री धनीराम पौडेलले चिकित्सा शिक्षा विधेयक पेस गरेका थिए । अघिल्लो संसद्को अन्तिम बैठक २०७४ असोज २७ गतेसम्म पारित गर्ने प्रयास असफल भएपछि यो विधेयक निष्क्रिय भएको थियो ।

शेरबहादुर देउवा नेतृत्व सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ कात्तिक २४ गते अध्यादेश जारी गरेका थिए ।

संघीय संसदको पहिलो अधिवेशनमा प्रतिस्थापन विधेयक पेस गर्न नसकेपछि केपी ओली नेतृत्वको सरकारको सिफारिसमा पुनः वैशाख १३ मा राष्ट्रपतिले अध्यादेश जारी गरेकी थिईन । अध्यादेश निष्क्रिय हुनु ५ दिनअघि असार १५ गते सरकारले प्रतिस्थापन विधेयक संसद्मा दर्ता गरे पनि असार १७ को बैठकमा कांग्रेसले विरोध जनाएपछि संसद्मा पेस गर्नै सकेन ।
डा. गोविन्द केसी अध्यादेशमा भएको व्यवस्था हुबहु विधेयकमा राख्नुपर्ने मागसहित जुम्लामा अनशन बसिरहेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस