‘दुई तिहाईको यो सरकार छिट्टै एकोहोरो भयो’ : सिटौला

Post Thumbnail

असार २९,झापा । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकार छिट्टै एकोहोरो भएको आरोप लगाएका छन ।

नेपाल प्रेस युनियन झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “अघिल्ला सरकारले केही समयसम्म काम गरेर एकोहोरो भएको हामीले देखेका थियौं तर दुई तिहाईको यो सरकार छिट्टै एकोहोरो भयो ।”

“राज्यका सम्पूर्ण अंगहरूलाई यो सरकारले आफ्नै कब्जामा राखेर हिँड्ने छाँटकाट हामीले देखेका छौं” नेता सिटौलाले भने, “सरकार एकोहोरो भएर एउटै बाटोमा लाग्ने लक्षण हामीले देखकाले अब सरकारलाई सचेत गराउने बेला आएको छ ।”

सरकारलाई सचेत गराउन राष्ट्रिय जागरण आवश्यक रहेको उनको भनाइ थियो ।

जनताका लागि जनताले ल्याएको परिवर्तनको उपभोग जनताले गर्न नपाउने भए परिवर्तन केका लागि ?” उनले प्रश्न गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस