मन्त्री अधिकारीद्धारा पर्यटन विश्वविद्यालय स्थापना गर्ने घोषणा

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७५ अषाढ ३०, शनिबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

असार ३०,दोलखा । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन विश्वविद्यालय स्थापना गर्ने घोषणा गरेका छन ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीले पर्यटन क्षेत्रको समुचित विकासका लागि तत्काल एक लाखभन्दा बढी युवाहरुलाई तालिम दिने योजना पनि अघि सारे ।

शनिबार गौरीशंकर गाउँपालिकाका सगरमाथा आरोहीहरुको सम्मानमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एक वर्षभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने दाबी पनि गरे ।

मन्त्री अधिकारीले ३ वर्ष भित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र ७ वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिसक्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताए । मन्त्री अधिकारीले दोलखाको गौरीशंकर गाउँपालिकाकालाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

दोलखाको सदरमुकाम चरिकोटमा विमानस्थल निर्माणका लागि छिट्टै सर्भे गर्ने योजना पनि सरकारको रहेको मन्त्री अधिकारीको भनाई छ ।

कार्यक्रममा बोल्दै दोलखाका प्रतिनिधिसभाका सांसद पार्वत गुरुङ, प्रदेश सभाका सांसद पशुपति चौंलागाईँले दोलखाको समृद्धिमा आफूहरु क्रियाशील रहेको बताएका थिए ।

गौरीशंकर पालिकाका प्रमुख सोयमबहादुर खड्काले पर्यटन क्षेत्रको विकासलाई गौरीशंकर गाउँपालिकाले प्राथमिकताका साथ अघि बढाएको बताए । कार्यक्रममा गौरीशंकर गाउँपालिकाको विविधता झल्काउने खालको तस्बिर समावेश गरिएको पुस्तक ‘गौरीशंकरः विविधतामा एकता’ पनि विमोचन गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस