असार ३२,घोराई । प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काग्रेस कार्यकर्ताको सँज्ञा दिदै अनसनको कडा शब्दमा विरोध गरेका छन् ।
संसदमा दर्ता भएको जरुरी महत्वको प्रस्तावमा आफ्नो धारणा राख्दै चौधरी डा. केसीको अनसनको कुनै अर्थ नरहेको टिप्पणी गरे ।
उनले डा. केसीले चुनावको वेला रुख चिन्हको पक्षमा क्याम्पीङ गर्ने कार्यकर्ताको रुपमा चित्रण गर्दै उनी को हुन भनेर आफुलाई चिन्न जरुरी नरहेको स्पष्ट पारे ।