असार ३२,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा तर्फ प्रमुख सचेतकमा खिमलाल भट्टराईलाई चयन गरेको छ ।
प्रधानमन्त्री तथा नेकपाका संसदीय दलका नेता केपी शर्मा ओलीले राष्ट्रियसभातर्फको मुख्य सचेतकमा भट्टराईलाई नियुक्त गरेका हुन् ।
अखिलका पूर्व अध्यक्ष समेत रहेका भट्टराई हाल नेकपाका केन्द्रीय सदस्य हुन् । उनको राष्ट्रियसभा सदस्यको कार्यकाल ६ वर्षको छ ।