फेरी जिल्ला दौडाहामा निस्कदै डा.शेखर कोईराला ! कति गते, कुन ठाँउमा ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ श्रावण ४, शुक्रबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन ४,काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रभावशाली नेता डा. शेखर कोईराला फेरी देश दौडाहामा निस्कने भएका छन । डा. कोइृराला साउन ६ गते नेपालगञ्जबाट आफ्नो जिल्ला दौडाहा सुरु गर्नेछन भने साउन ११ गते भैरहवाबाट जिल्लागत राजनितिक भ्रमण सकाउनेछन ।

उनि पछिल्लो समय कांग्रेसका कार्यकर्तामा आएको निराशालाई अन्त्य गर्दै नयाँ जागरण ल्याउने उदेश्यले जिल्ला दौडामा निस्कन लागेको उनका स्वकिय सचिव दिनेश थपलियाले अनलाईन केन्द्रलाई बताए । कांग्रेसका सबै नेता राजधानी केन्द्रित भईरहदा उनी दुरदराजका जनता र कार्यकर्तासंग साक्षत्कार गर्न निस्किन लागेको थपलियाले बताए ।

यसभन्दा अघि पनि डा कोईराला देशका विभिन्न जिल्लामा कांग्रेसको जागरण गर्ने र कार्यकर्तामा नयाँ उत्साह थप्ने भन्दै निस्किएका थिए । कांग्रेसभित्र कार्यकर्ता माझ लोकप्रिय रहेका डा. कोईराला पार्टीको संगठन बलियो बनाउन पर्नेमा विशेष जोड दिन्छन । भाषणभन्दा काममा विश्वास राख्ने नेताका रुपमा परिचित डा. कोईरालाको शालिनता र स्पष्ट वक्ताका कारण कार्यकर्ता उनिसंग नजिक रहन चाहने उनि निकटका नेताहरु बताउछन ।
डा. शेखर कोईरालाको जिल्ला दौडाहा तालिका यस्तो छ :–

नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाको जिल्ला भ्रमण कार्यक्रम
१. श्रावण– गते नेपालगंज, बाँके
२. श्रावण– गते गुलरिया, बर्दिया
३. श्रावण– गते टिकापुर, कैलाली
४. श्रावण– गते धनगढी, कैलाली
५. श्रावण–१० गते घोराही, दांङ
६. श्रावण–११ गते भैरहवा, रूपन्देही

ताजा अपडेट

खोजी गर्नुहोस