साउन ८,काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित दिपकराज जोशीविरुद्ध परेको उजुरीबारे उजुरीकर्ताहरुसँग विस्तृत छलफल गरेको छ ।
संसदीय सुनुवाई विशेष समितिले मंगलबार प्रधानन्यायाधिशमा प्रस्तावित जोशीविरुद्ध उजुरी दिने ५ जना उजुरीकर्तासँग छुट्टाछुट्टै प्रमाणसहित विस्तृत छलफल गरेको हो ।
उजुरीकर्ताहरुसँग प्रमाणसहित विशेष छलफल गरिएको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए । उजुरीकर्ताहरुले दिएको प्रमाणको सत्यतथ्य छानविन गर्न पनि समितिको बैठक बोलाइएको छ । समितिका जेष्ठ सदस्य कर्णले उजुरीकर्ताहरुको प्रमाणको सत्यतथ्य छानविन गरेपछि बिहीबार अपरान्ह १ बजे प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको सुनुवाइ गर्ने कार्यसूची तय गरिएको पनि जानकारी दिए ।
समितिको गएको साउन ३ गते बसेको बैठकले सरकारले प्रधानन्यायाधीशमा सिफारिस गरिएका जोशीको सुनुवाई प्रक्रिया सुरु गरेको थियो ।
संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीशमा सिफारिस जोशीलाई राष्ट्रपति विद्या भण्डारीले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।