प्रस्तावित प्रधानन्यायाधीश जोशीको प्रमाणपत्र विवाद : छानबिन समिति बनाउने नेकपाको प्रस्ताव

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ श्रावण ९, बुधबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन ९,काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी संसदीय सुनुवाईअघि नै शैक्षिक प्रमाणपत्र विवादमा परेका छन् । तर, प्रमुख विपक्षी कांग्रेसले नमानेपछि संसदीय सुनुवाईका क्रममा विज्ञ नबोलाइने भएको छ ।

जोशीको सुनुवाई भोलि बिहीबार हुँदैछ । उनीविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेपछि संसदीय सुनुवाईका क्रममा विज्ञहरुलाई पनि बोलाउने प्रस्ताव मंगलबारकोे वैठकमा नेकपाका सांसदले राखेका थिए । तर, कांग्रेस नेता तथा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञ बोलाउन नहुने मत राखेका छन् ।

समितिको कार्यविधिमा संसदीय सुनुवाईका क्रममा आवश्यकता अनुसार विज्ञलाई बोलाउने सकिने उल्लेख छ । तर, यसरी बोलाइने विज्ञहरुलाई सुनुवाईका क्रममा प्रश्न गर्ने अधिकार हुने छैन ।

प्रधानन्यायाधीशमा सिफारिस भएका जोशीविरुद्ध प्रमाणसहित उजुरी परेका छन् । जोशीको सबैभन्दा ठूलो विवाद चाहिँ यसअघिका प्रधानन्यायाधीश गोपाल पराजुलीको जस्तै शैक्षिक योग्यतामा देखिएको छ ।

पराजुलीको शैक्षिक प्रमाणपत्रको विवाद प्रधानन्यायाधीश भइसकेपछि आएको थियो । तर, जोशीको सोही प्रकृतिको विवाद भने सुनुवाई नहुँदै आएकाले संसदीय सुनुवाई समितिमाथि छानबिनको दबाव परेको छ ।

जोशीका सार्वजनिक जग्गा व्यक्तिलाई दिलाउन फैसला तथा नैतिक आचरणका पनि उजुरी परेको भन्दै नेकपाका सांसदहरुले सुनुवाईमा विज्ञ बोलाउने, गम्भीर प्रकृतिका उजुरीमाथि छानबिन गर्न समिति बनाउने प्रस्ताव राखेका थिए । तर, कांग्रेसले नमानेपछि बिहिबार हुने सुनुवाइमा विज्ञ बोलाइने छैन ।
कांग्रेस नेता कार्कीले भने आवश्यकताका आधारमा विज्ञ बोलाउने भनेर कार्यविधिमै लेखिएको बताए । तर, जोशीको बिहीबार हुने सुनुवाईमा भने विज्ञ बोलाउन आवश्यक नदेखेर आफूले अडान लिएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस