निर्णय नभई सकियो प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाई !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ श्रावण १०, बिहिबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन १०,काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाई सकिएको छ । तर, निर्णय भोलि मात्रै हुने संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

‘सुनुवाई आज सकिएको छ । निर्णय भोलि हुन्छ ।’ सभापति कर्णले भने ।
संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश जोशीविरूद्ध संसदीय सुनुवाइ समितिमा ५ वटा उजुरी परेका थिए । जसमा शैक्षिक प्रमाणपत्र लगायतका विषय थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस