सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटायो

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ श्रावण १०, बिहिबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

साउन १०,काठमाडौँ । सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएको छ । यससँगै प्रधानमन्त्री कार्यालयसहित मन्त्रालयको २२ संख्या पुगेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कृषि र भूमिव्यवस्था मन्त्रालयलाई अलग अलग बनाएको हो । अब कृषि तथा पशुपंक्षी र भूमि व्यवस्था तथा गरिबी निवारण अलग अलग मन्त्रालय हुने सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताए ।

हाल कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल छन् । अब उनलाई कृषि तथा पशुपंक्षी दिइनेछ भने स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्याललाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

दुवै सत्तारुढ नेकपाका सांसद हुन् । स्वास्थ्यमा भने फोरमबाट राज्यमन्त्री ल्याउने तयारी छ ।

प्रेस काउन्सिललाई अब मिडिया काउन्सिल बनाइने

सरकारले प्रेस काउन्सिल नेपाललाई मिडिया काउन्सिल बनाउने तयारी गरेको छ । त्यसका लागि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री बास्कोटाले जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले लम्बिनी विकास कोषको उपाध्यक्षमा अवधेशकुमार त्रिपाठी र सदस्यमा किशोरप्रसाद ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस