लक्ष्मणलाल कर्णको दावी : ‘प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे सर्वसम्मतिमै निर्णय गर्छौं’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ श्रावण १५, मंगलबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन १५,काठमाडौँ । संसदीय सुनुवाई विशेष समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे बुधबार समितिले सर्वसम्मतले निर्णय गर्ने दावी गरेका छन ।

मंगलबार रिपोर्टर्स क्लबमा राजपा नेपालका शीर्ष नेता समेत रहेका समितिका संयोजक कर्णले भने ,‘प्रस्तावित प्रधान न्यायाधीशको नाम सर्वसम्मतिमा नै टुंगो लगाउने भनेर हामीले समितिको बैठकको लागि समय सारेका हौं । भोलि बस्ने बैठकले सर्वसम्मतीले निर्णय गर्छ ।’

कर्णले अगाडि थपे ‘हामीले उहाँमाथि कुनै अभियोग लगाएका छैनौं, अभियोग पत्र पनि पठाएका छैनौं । तर उनीप्रति जनताको के धारणा छ भन्ने कुरा त हामीले सुन्नुपर्यो नि । उहाँलाई अभियोग लगाउने हाम्रो हैसियत छैन । यो समितिले संविधानसम्मत् निर्णय गर्छ ।’

नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीश दिपकराज जोशीको नाम अस्वीकृत भए संवैधानिक परिषदको हैसियतले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने स्पष्ट पारे ।

उनले भने ,‘संवैधानिक परिषद्ले सिफारिश गरेको प्रधानन्यायाधीशलाई संसदीय सुनुवाई समितिले अस्विकृत गर्नु भनेकोसंवैधानिक र न्यायिक सर्वोच्चताको खिलाफ हो । सुनुवाई समितिले जोशीको नाम अस्विकृत गर्नु भनेको संवैधानिक परिषदले गल्ती गरेको ठहरिनेछ ।

त्यसैले परिषदका अध्यक्ष नैतिक संकटमा पर्नेछन ।

संसदीय सुनुवाई विशेष समितिका सदस्य एवम् सत्तारुढ दल नेकपाका नेता सुमनराज प्याकुरेलले पनि आफूहरुले भोलि बस्ने सुनुवाई समितिको बैठकबाट सर्वसम्मतिमै प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउने वा नबनाउने भन्नेबारे निर्णय लिने जनाउँदै भने ,‘हामी समितिमा भएका १५ जनै सदस्यहरुबीच एकरुपता छ । समितिमा एकदम हार्दिकता छ । बाहिर चर्चा भएजस्तो हामी विभाजित छैनौं ।’

पार्टी नतृत्वले आफूहरुलाई स्वविवेक प्रयोग गर्न आग्रह गरेको बताउँदै उनले भने ,‘हामी पनि आन्दोलनबाटै आएका नेता हौं । हामी स्वविवेक प्रयोग गरेर निर्णय गर्न सक्षम छौं ।’

ताजा अपडेट

खोजी गर्नुहोस