गल्ती स्विकारर्दै गगनले मागे माफी : भन्छन-‘बंगलादेशमा पढाई राम्रो नभएको चाँही सत्य’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ श्रावण १६, बुधबार (६ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

साउन १६,काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले बंगलादेशमा एमबीबीएस पढ्ने विद्यार्थीहरुको बारेमा आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेका छन । आफ्नो उदेश्य त्यहाँ पढेका डाक्टरहरुलाई चोट पुर्याउनु नभएको, तर आफ्नो अभिव्यक्तिले बंगलादेशमा एमबीबीएस पढ्ने विद्यार्थीहरुमा चोट पुगेकोमा माफी मागेका हुन।

मंगलबार फेसबुक लाइभमार्फत उहाँले राम्रोसँग पढ्ने र मेहनत गर्ने विद्यार्थी र डाक्टरहरुको आत्म सम्मानमा चोट पुगेकोेमा दुःख लागेको उल्लेख गरेका हुन । उनले केही दिनअघि भएको कार्यक्रममा बंगलादेशमा पढ्ने ९० प्रतिशत विद्यार्थीले प्रमाणपत्र पाउने निश्चित भएपछि मात्र पढ्न जाने गरेको बताएका थिए ।

तर बंगलादेशका धेरै निजी मेडिकल कलेजमा पढाई राम्रो नहुने चाहिँ सत्य रहेको उनले दाबी गरेका छन । यसबारे आफूले प्रष्ट पार्न नसक्नु मात्रै आफ्नो कमजोरी रहेको उनको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस