सभापति देउवाद्वारा पूर्वसांसद जोशीको निधनप्रति दुःख व्यक्त

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ श्रावण १६, बुधबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन १६,काठमाडौँ । नेपाली काँग्रेस बैतडीका संस्थापक सभापति एवं पूर्वसांसद कृष्णकुमार जोशीको मंगलबार निधन भएको छ ।

मेलौली नगरपालिकाको सलेना घर भएका जोशीको काठमाडौँमा ७३ वर्षको उमेरमा निधन भएको नेपाली काँग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले जानकारी दिए ।

जोशी २०३४ सालमा नेपाली काँग्रेस बैतडीको सभापति भएका थिए । विसं २०४४ मा काँग्रेसको केन्द्रीय सदस्य बनेका जोशी २०४८ सालमा बैतडी क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

स्व. जोशीका दुई छोरा र तीन छोरी छन् । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले काँग्रेस केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा राखिएको छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने छ ।
यसैविच
नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्वसांसद कृष्णकुमार जोशीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उनले शोक विज्ञप्तिमार्फत नेता जोशीको निधनको खबरले मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै मुलुकमा लोकतन्त्र स्थापनाको आन्दोलन र पार्टी संगठनमा जोशीले पु¥याएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने बताएका छन । यसैविच नेपाली कांग्रेसका अन्य नेता तथा कार्यकर्तापनि जोशीलाई श्रदाञ्जली दिन पुगेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस