प्रधानन्यायाधीशमा जोशी अस्वीकृत ! जोशीको पक्षमा एक भोट पनि खसेन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ श्रावण १८, शुक्रबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन १८,काठमाडौँ । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अस्वीकृत गरेको छ ।

प्रमुख विपक्षी दल कांग्रेसले बैठक बहिस्कार गरेपछि दुई तिहाई बहुमतका आधारमा जोशीको नाम अस्वीकृत भएको हो । जोशीको पक्षमा एक भोट पनि खसेन ।

समितिमा रहेका कांग्रेसका चार सांसदले भने बहिस्कार गर्नुको चार कारण लिखित रुपमै राखेका छन् ।

‘संवैधानिक परिषदले सिफारिस गरेका जोशीलाई अस्वीकृत गर्नुपर्ने कारण र आधारका आभावमा नियुक्ति अस्वीकार गर्ने रायसँग हाम्रो गम्भीर असहमति रहेकाले बैठक बहिस्कार गरेका छौं’ उनीहरुले भनेका छन् ।

संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन नहुने जोशी पहिलो प्रस्तावित प्रधानन्यायाधीश हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस