सरकार म्यानपावर कम्पनी मर्ज गर्ने तयारीमा ! श्रममन्त्री विष्ट भन्छन् -‘व्यवसायीले आत्तिनुपर्दैन’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ श्रावण १९, शनिबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन १९,काठमाडौँ । श्रममन्त्री गोकर्ण विष्टले भने धरौटी रकम बढाउँदैमा व्यवसायीहरुले आत्तिनुनपर्ने बताए । ‘हामीले म्यानपावर कम्पनीहरुको संख्या घटाउन र मर्जमा जानका लागि प्रोत्साहन गर्ने नीति लिएका हौं,’ शुक्रबार मन्त्री विष्टले भने,’म्यानपावर कम्पनी बन्द गर्नोस् भनेका छैनौं, दुईवटादेखि २० वटासम्म आपसमा मर्ज हुन पाउने नयाँ नीति आउँदैछ ।’

म्यानपावर कम्पनी सञ्चालकका लागि ६ करोड धरौटी असामान्य नभएको मन्त्री विष्टको भनाइ छ । सरकारले वैदेशिक रोजगार संशोधन गर्न लागेको छ । संशोधित ऐनमा ७ लाखसम्मको धरौटीलाई बढाएर करोडको डिजिटमा पुर्‍याउन लागिएको हो ।

७ लाख रुपैयाँ धरौटी राखेर कम्पनी खोल्ने अनि करोडको हाराहारीमा कामदारसँग रकम उठाएर ठगी गर्ने कम्पनीहरुलाई काबुमा ल्याउन भन्दै सरकारले धरौटी रकम बढाउन लागेको हो ।

म्यान पावर कम्पनीले ६ करोड धरौटी र बैंक ग्यारेन्टी राखिसकेपछि कुनै कामदारलाई ठगेमा सोही रकमबाट सरकारले पीडितलाई न्याय दिन सहज हुने सरकारी पक्षको दाबी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस