लक्ष्मणलाल कर्ण भन्छन-‘संसदीय सुनुवाइ समितिको निर्णय सबैले स्वीकार गर्नुपर्छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ श्रावण २०, आईतबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन २०,काठमाडौँ । संसदीय सुनुवाइ समितिका संयोजक लक्ष्मणलाल कर्णले नयाँ संविधानमा संसदीय सुनुवाइ समितिको व्यवस्था रहेकाले यस समितिको निर्णय सबै पक्षले स्वीकार गर्नुपर्ने बताएका छन।

आज आयोजित साक्षात्कारमा उनले संविधानमा थुप्रै त्रुटि भएकाले त्यसलाई संशोधन गर्नुपर्ने आवाज आफ्नो पार्टीले लामो समयदेखि उठाउँदै आएको बताउँदै भने, “यदि यो समितिले गरेको निर्णय अस्वीकार गर्ने हो भने संविधानमा संशोधन गरी यो समितिलाई हटाउनुपर्छ । संविधानमा संशोधन नभएसम्म यो समितिले गरेको निर्णय सबैले पालना गर्नुपर्छ ।”

नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधानले संसदीय सुनुवाइ समितिले दुई तिहाइबाट निर्णय गर्नुअघि छानबिन समिति गठन गरेर कार्यवाहक प्रधानन्यायाधीशको प्रमाणपत्र छानबिन गर्नुपथ्र्यो भने ।

नेकपाका नेता देवेन्द्र पौडेलले संसदीय समितिले गरेको निर्णयबाट संसदको सर्वोच्चता पुष्टि भएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस