साउन २२,काठमाडौँ । राष्ट्रिसभाका चारवटा विषयगत समितिहरुको पहिलो बैठक आज बस्दैछ । चारवटै समितिको बैठक सिंहदरवारमा रहेको संसद सचिवालयको भवनमा दिउँसो १ बजेका लागि बोलाइएको छ ।
बैठकमा समितिका कार्यक्षेत्र तथा समिति सदस्यको परिचयलगायतको विषयमा छलफल हुने राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए ।
राष्ट्रिसभाका विषयगत समिति अन्र्तगत दिगो विकास सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको पहिलो बैठक बस्न लागेको हो ।